+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कुमारी बैंकको १७ औं तथा १८ औं वार्षिक साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते २१:२६

२६ वैशाख, काठमाडौं ।  कुमारी बैंक लिमिटेडको १७ औं तथा १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष सन्तोष कुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७३/०७४ र आ.व २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७३/०७४ को लागि १२.७५% बोनस शेयर र आ.व. २०७४/०७५ को लागि ८.५०% बोनस शेयर गरी जम्मा २१.२५ % बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु. ८ अर्ब ६८ करोड हुनेछ ।

आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप रु.७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम रु. ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ४२ करोड तथा रु.१ अर्ब खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?