+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

तीन डीआईजीलाई आईजीपीले लगाइदिए फूली

संगठन प्रमुखको प्राथमिकतालाई कार्यान्वयन गर्छुःपोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १५:३३

२९ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तीन नायब महानिरीक्षक (डीआईजी)लाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा खनालले वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा बढुवा भएका विश्वराज पोखरेलसँगै प्राविधिक समूहका डा. रामकृष्णराज भण्डारी र डा. विजयराम श्रेष्ठलाई फूली लगाइदिएका हुन् ।

उनीहरुलाई गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट २७ वैशाखमा डीआईजी बढुवा गरिएको थियो ।

कार्यक्रममा आईजीपी खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वाबस, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ-आˆनो ठाउँबाट अगाडि बढ्न निर्देशन दिए । प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताकासाथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा गर्दै उनले भने, ‘मूलभूत रुपमा संगठन गतिशील हुनैपर्छ ।’

नेतृत्वमा रहँदा लिने निर्णय दुरगामी सोचमा आधारमा हुनुपर्ने विचार व्यक्त गर्दै खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोच, आफूप्रति विश्वास, कामप्रतिको लगाव, संगठनप्रति समर्पणभाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गरे ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै पोखरेलले नमूना संगठन बनाउने कटिबद्धता, आकांक्षा र योजनाका साथ प्रहरी महानिरीक्षकले निर्धारण गरेका संगठनका प्राथमिकताको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक कार्यक्रमको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै पोखरेलले यसलाई संस्थागत रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?