
७ जेठ, विराटनगर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरणमा ज्वाइँको शंलग्नता रहेको आशंकाले बल पुग्ने प्रमाणहरु भेटिएको छ ।
नौ जनाको शव भेटिएको स्थानबाट करिब २ घण्टाको पैदल दुरीमा ज्वाईं मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।
अनुसन्धानका क्रममा उनको शव भेटिएको स्थान नजिकै रगतमा लतपतिएको खुकरी, दाप र लुगा फेला परेको १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए । उनले भने ‘ खुकुरी हत्या प्रयोग भएको हो, होइन अनुसन्धानबाट खुल्छ ।’
डीआईजी रिजालका अनुसार ससुरा र श्रीमतीस“ग बेमेल भएका कारण प्रहरी अनुसन्धान कान्छा ज्वाईं मानबहादुर तिर सोझिएको थियो । तर उनले पनि आत्महत्या गरेपछि संलग्नताको विषय सबुत प्रमाणहरुका आधारबाट खुल्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4