+
+

प्रदेश सरकारसँग विपक्षीसँगै सत्तारुढ सांसद पनि असन्तुष्ट

श्रवण देव श्रवण देव
२०७६ जेठ ७ गते १९:५६

७ जेठ, जकपुरधाम । बजेटलाई लिएर प्रदेश २ का सत्तासिन सांसदहरु नै सरकारसँग रुष्ट बनेका छन् । सत्तारुढ सांसदहरुले सरकारमाथि विपक्षीहरुलाई महत्व दिन थालेको गुनासो गरेका हुन् ।

विपक्षीले भने सत्तारुढ सांसदलाई भरमग्दूर बजेट बाँडिरहेको आरोप लगाएका छन् ।

मंगलबार प्रदेशसभा बैठकमा समाजवादी पार्टी र राजपा सांसदहरुले सरकारले आफ्ना कुरा नसुनेको आरोप लगाएका हुन् । रुको कुनै कुरा नसुनिरहेको बताए । ‘सरकारले हाम्रो त केहि कुरै सुनिरहेको छैन,’ राजपाकी सांसद चमेली देवी दासले भनिन्, ‘विपक्षीकै कु्रा सुनेर सरकार अगाडि बढिरहेको छ ।’

राजपा सांसद उपेन्द्र महतोले पनि सरकार विपक्षी रिझाउन सक्रिय भएको गुनासो गरे उनले भने, ‘प्रतिपक्षीलाई महत्व दिएर केहि हुँदैन, हामी नै काम लाग्छौं ।’

विपक्षीलाई नै रिझाउन सरकारले निर्वाचन क्षेत्रमा २५ लाख, ५० लाख हुँदै १ करोडसम्म दिने सहमति गरेको भन्दै महतोले भने, ‘ठीक छ, हाम्रो कुरा नसुन्नुस् । तर त्यसरी पनि नगर्नुस् ।’

सत्तारुढ सांसदहरुले विपक्षमा महत्व दिएको गुनासो गरिरहँदा विपक्षी पनि सरकारसँग खुसी देखिएको छैन ।

नेकपाका सांसद किशोरी साहले कार्यकर्ता पाल्न बजेट दुरुपयोग गरेको आरोप लगाए । ‘यो सरकार मन्त्रीहरुको एकलौटी सरकार हो’ उनले भने, ‘सरकारबाट मधेसको हकहित हुने कल्पना नगर्दा हुन्छ ।’

तीन पटकसम्म योजना दिएपनि नपारेको तथा कतिपयमा परेको रकम पनि रकमान्तर गरेर लगिएको दाबी गरे । धनुषाको सबैलामा खानेपानीको योजनामा परेको सडक सडक ग्राभेलमा रकमान्तर गरिएको भन्दै उनले यस्तै गरे मान्य नहुने बताए ।

कांग्रेसका सांसद समीमले मन्त्रीहरुले आफ्ना कार्यकर्तालाई मात्र योजना बितरण गरिरहेको बताए । उनले मन्त्रीहरुले आफ्नो क्षेत्रमा ५० करोडसम्मको योजना लगेपनि विपक्षीहरुलाई हेपेको बताए । ‘यसबाहेक सत्ता पक्षले २० प्रतिशत कमिसनमा योजना बाँडिरहेका छन्’ सांसद समीमले भने ।

नेकपाकी सांसद ज्वालाकुमारी साहले दलगत र व्यक्तिगत स्वार्थका कारण ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान सफल हुन नसक्ने बताइन् । ‘यो अभियानमार्फत प्रदेशमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ’ सांसद साहले भनिन्, ‘तर यसमा कार्यकर्ता र आफ्नो निकटकालाई नियुक्त गर्ने काम भइरहेको छ ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?