Comments Add Comment

‘मिस्टर नेपाली’को घोषणा, भूवनसँग रीमाको जोडी

देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘मिस्टर नेपाली’को आज औपचारिक घोषणा गरिएको छ । चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ । नवलपरासीमा यो चलचित्रको छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ ।

यो चलचित्रमा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । चलचित्रमा नायक केसी दोहोरो चरित्रमा देखिदैछन् । उनका अनुसार, चलचित्रमा उनी खलनायक र नायकको भूमिकामा देखिन लागेका हुन् । यस्तै, चलचित्रमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । चलचित्रमा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् ।

चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । चलचित्रमा लामो समयपछि देखिन लागेका नायक भूवन केसीले भने–‘मलाई सधै नै फरक भूमिका गरौं भन्ने लाग्थ्यो । यसपटक चलचित्रमा म खलपात्रको भूमिकामा देखिदैछु । यसैले नै काम गर्न लागेको हुँ ।’

नायिका रीमा विश्वकर्माले नायक भूवन केसीसँग पर्दा शेयर गर्न पाउँदा खुशी लागेको सुनाइन् । निर्देशक भुषालले भने–‘चलचित्रले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्नेछ । यो विशुद्ध मनोरञ्जनात्मक चलचित्र हो । तर, यसले विशेषगरि विदेशमा रहेका नेपालीहरुमा नेपालप्रतिको मायालाई झल्काउनेछ ।’ चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment