+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

संघर्ष समितिको गतिविधिप्रति गेसोको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १७:२१

२० जेठ,काठमाडौं । गोरखा भूतपुर्व सैनिक संघ (गेसो)ले ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका नाममा भइरहेका गतिबिधिप्रति असहमति जनाएको छ ।

गेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको बेलायत भ्रमणका बेला बिरोध प्रदर्शन गर्ने भन्ने उनीहरुको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

संयुक्त संघर्ष समितिका नाममा गोर्खा भर्ति बन्द गराउने, बेग्लै गोरखा राज्य माग गर्ने, गोरखा भर्ति तालिम बन्द गर्न पत्राचार गर्ने तथा सशस्त्र युद्ध गर्ने सम्मका गैरकानुनी धम्की आइरहेको भन्दै यस्ता क्रियाकलापमा पूर्वब्रिटिश गोर्खा सैनिकहरु सहमत नरहेको गेसोले प्रष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा गेसोका अध्यक्ष कृष्ण कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न बेलायत भ्रमण गोर्खा सैनिकको माग पूरा गराउने सन्दर्भमा ऐतिहासिक हुने भन्दै आफू त्यसको वातावरण बनाउन लण्डन जान लागेको जानकारी समेत दिए ।

उनले गोर्खा सैनिकमाथिको विभेद हटाउन नेपाल सरकारले गरेको कुटनीतिक प्रयास सह्रानीय रहेको समेत बताए । राईले भने, ‘परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सकारात्मक पहल भएको बताइरहनुभएको छ । बेलायतस्थित हाम्रो राजदूत दुर्गावहादुर सुवेदीले कूटनीतिक पहल गरिरहनुभएको छ । प्रधानन्त्रीको आसन्न भ्रमणमा पनि यो विषय गम्भिर रुपमा उठ्ने हामीले आशा गरेका छौं । यस्तो सकारात्मक वातावरण बनेका बेला केही व्यक्तिले उत्तेजक अभिव्यक्ति दिएकोमा हामी आपत्ति जनाउँछौं ।’

राईले गोरखा सैनिकमाथिको विभेद अन्त्य गर्न बेलायत सरकारले पनि सकारात्मक जवाफ दिएकाले अब कार्यन्वयनको पहल हुनुपर्ने बताए । गेसो शान्तिपूर्ण रुपमा आफ्ना माग पूरा गराउन क्रियाशील रहेको र सोही अभियानकै कारण बिगतमा धेरै उपलव्धी हासिल भएकाले गैरकानुनी क्रियाकलाप र धम्की गोर्खा सैनिकलाई सैहृय नहुने राईले बताए ।

पूर्वगोरखा सैनिक ज्ञानराज राई र संयुक्त संघर्ष समितिका अध्यक्ष कृष्णवहादुर राईले प्रधानमन्त्रीको बेलायत भ्रमणका बेला कालोझण्डा देखाउने र गोर्खा भर्ति बन्द लगायत अन्य आपत्तिजनक अभिव्यक्ति दिएर गोर्खा सैनिकको आन्दोलन कमजोर बनाउन खोजेको आरोप गेसोले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?