+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भ्याट लगेपछि आँटाको मूल्य किलोमा ६ रुपैयाँसम्म बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १९:५०

२४ जेठ, काठमाडौं । गहुँको पिठो (आँटा)मा अभिवृद्धी कर (भ्याट) लगेेपछि ३८ वटा स्वदेशी मैदा उद्योगहरुले आपत्ति जनाएका छन् । यसले अर्बौंको लगानी जोखिममा परेको उनीहरुको तर्क छ ।

‘भारतबाट वैध वा अवैध तवरबाट आउने मैदा/आंटासँग अब प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरेको उनीहरुको भनाइ छ ।

‘स्वदेशमै आत्मनिर्भर भईसकेको आँटा जस्तो खाद्य बस्तुमा यसरी करको भार थप्दा वैध वा अवैध रुपमा आयातले प्रोत्साहन पाउँछ,’ नेपाल पीठो मिल संघले भनेको छ,’ स्वदेशी उद्योगले अब थप चुनौतिको सामना गर्नु पर्ने हुँदा मैदा उद्यमीहरु निरुत्साहित बनेका छन् ।’

यसै नीतिका कारण उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प नभएको संघको दावी छ । करोडांैको लगानी गरेर उद्योग स्थापनामा जोखिम लिनु भन्दा ट्रेड ब्यापारले प्रोत्साहन पाउने भएको उनीहरुको भनाइ छ ।

‘यसले गर्दा भोलिका दिनमा नेपाल पूर्णरुपमा कृषि खाद्य बस्तु आयात देश बन्ने निश्चित छ । आँटामा करको भार उद्यमीमा मात्र नभएर उपभोक्तामा समेत पर्ने छ,’ संघ भन्छ । मूल्य अभिवृद्धि करकै कारण अब आँटाको मूल्य लगभग प्रति केजी रु ५ देखि ६ बढ्ने संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?