
Photo Credit : अनिल खत्री, गुल्मी
२५ जेठ, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १३ भँगारी घुम्तीमा लु ४ त २८४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
ट्याक्टर चालक नवलपरासीको सुनवल घर भएका २१ वर्षीय अम्मरबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए ।
रिडीबाट बालुवा लिएर तम्घासतर्फ आउँदै गरेको ट्याक्टर सडकबाट करिव २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4