+
+

अपराध अनुसन्धान गर्ने प्रहरीले कानून बुझ्नुपर्छ : महान्यायाधिवक्ता खरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १२:५५

३१ जेठ, काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले अपराध अनुसन्धान गर्ने प्रहरीमा कानून अध्ययन गरेका जनशक्ति बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा सुरु भएको प्रदेश ३, गण्डकी र प्रदेश ५ को अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मलेनमा उनले अनुसन्धानकर्ता प्रहरीमा कानूनको ज्ञान नहुँदा विभिन्न समस्या देखिएको बताए ।

प्रतिवादीको पहिचान गर्न सहयोग पुग्ने आधिकारिक प्रमाण बेगर नै अभियोग लगाउने अभ्यासले प्रतिवादी पहिचानमा प्रश्न उठेको उनले बताए । ‘यो विषयमा न्यायालयले प्रश्न उठाए पनि प्रहरीले कार्यसम्पादनमा उल्लेख्य सुधार गर्न सकेको छैन’ उनले भने ‘सावितीमुखी बयानमा आधारित अपराध अनुसन्धान भन्ने आधारलाई अब खण्डन गर्न सक्नुपर्छ ।’

महान्यायाधिवक्ता खरेलले अपराध अनुसन्धानमा प्रमाण संकलन गरिने हो सिर्जना गरिदैन भन्ने कानुनी अवधारणा कहिल्यै पुरानो हुन नसक्ने भन्दै यसमा ध्यान दिनुपर्ने बताए ।

प्रहरीले अपराध अनुसन्धानका लागि म्याद थप गर्दा आधार र कारण खुलाउने नगरेको देखिएको भन्दै उनले सरकारी वकिलले समेत यो विषयलाई औपचारिकताको रुपमा मात्र लिएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?