+
+

गुठी विधेयकविरुद्ध सडकमा आउने जानकी मन्दिरका महन्थको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १५:२३

३१ जेठ, जनकपुरधाम । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सरकारले विधेयक फिर्ता नलिए जनकपुरका सम्पूर्ण साधु सन्त सडकमा आउने चेतावनी दिएका छन् ।

शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले संघर्षका लागि समिति बनाएर आफूहरु सडकमा आउने चेतावनी दिएका हुन् । मन्दिरमा विहान पूजापाठ गरी दिनभर ताला लगाएर सडकमा संघर्ष गर्ने उनले बताए ।

गुठी विधेयक साधुसन्तलाई भगाउने उद्देश्यले आएको भन्दै महन्थ दासले बरु साधु सन्तलाई यो देशमा बस्ने अधिकार छैन भनेर लेखेर दिन चुनौती दिए ।

विधेयक फर्ता नलिए यसविरुद्ध हुने आन्दोलन सरकारले सम्हाल्न नसक्ने उनको भनाइ छ । ‘सरकारले यो विधेयक फिर्ता नलिए ठूलो दैवी प्रकोप आउँछ । जसलाई सरकारले सम्हाल्न सक्दैन ।’

अहिलेकै विधेयक पारित भए जनकपुरका अधिकांश मन्दिर र मूर्तिको संरक्षण हुन नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?