Comments Add Comment

असार २१ सम्म सम्झौता नगर्ने भुकम्पपीडितलाई सूचीबाट हटाइने

२ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचिबाट हटाउने भएको छ । आगामी असार २१ सम्मको समय सीमा दिँदै प्राधिकरणले यस अवधिभित्र अनुदान सम्झौताका लागि नआए लाभग्राही सूचिबाट हटाउने जानकारी दिएको हो ।

उक्त अवधिभित्र लाभग्राही सूचिमा रहेका प्रभावितलाई अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्तासमेत लिन प्राधिकरणले अनुरोध गरेको छ । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित अनुदान सम्झौता गर्न आएका छैनन् । सोहीकारण समयसीमा नै तोक्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले जानकारी दिए । सोमबार अपरान्हसम्मको तथ्यांकअनुसार ८ लाख २६ हजार ३३३ लाभग्राही मध्ये ७ लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् ।

भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आआफ्नो वडा कार्यालयमा सम्पर्क राख्नुपर्ने प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीहरुलाई यही असार मसान्तभित्र पहिलो किस्ता बापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३१७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् ।

असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ । निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन् । प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरु दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन् । प्राधिकरणले लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन लाभग्राहीलाई स्थानीय तहहरुको सहयोगको अपेक्षा गरेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment