+
+

पथरी जंगलमा सडेको अवस्थामा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २ गते १९:३६

२ असार, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा युवकको शव भेटिएको छ । पथरी शनिश्चरे नगरपालिका– २ मा रहेको सुन्दर सामुदायिक वनको गेट नजिकै सडेको अवस्थामा शव भेटिएको हो ।

सोमबार विहान शव भेटिएपछि अनुसन्धानका लागि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीको टोली पुगेको छ ।

शव पुरानो भएका कारण पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ । रातो टिसर्ट लगाएको र पेन्ट आधा खोलिएको अवस्थामा भेटिएको शव सडिएर गन्ध आएपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?