Comments Add Comment

किन घुम्यो ‘भद्रगोल’ टिमको ‘फनफनी’ ?

टेलिभिजनमा हिट मानिएको हाँस्य सिरियल ‘भद्रगोल’को टिमले चलचित्र निर्माण गर्ने चर्चा चलेको लामै समय भैसकेको छ । तर, चलचित्रको नाम जस्तै यसको निर्माण टिम पनि विभिन्न अवरोधमा फनफनी घुमिरहेको छ ।

यो चलचित्रलाई सुरुवातमा निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने पक्का भएको थियो । तर, निश्चलले अन्तिम समयमा आएर चलचित्र छाडे । उनले समय नभ्याएको भन्दै चलचित्र छाडेका थिए । चलचित्रका लेखक समेत रहेका दिपक आचार्य भन्छन्–‘निश्चलजीले करिब १ बर्ष अड्काइदिनुभयो । कहिले साउनदेखि सुरु गर्ने त कहिले भदौदेखि सुरु गर्ने भनेर उहाँले गर्नुभएन ।’

‘भद्रगोल’को श्रृङ्खला निर्देशक दिपक आचार्यले अगाडि भने–‘यसपछि हाम्रो चलचित्रको प्लटहरु रातो टिका निधारमासँग मिल्यो भन्ने भयो । हामी, फेरि कथा परिवर्तन गर्न तर्फ लाग्यौ ।’ चलचित्रका लागि अहिले निर्देशक प्रदिप भट्टराइसँग कुरा भैरहेको छ । प्रदिपले पनि कुरा भैरहेको स्विकार गरेका छन् । प्रदिपसँग केही कुराहरु मिलेको खण्डमा उनले यो चलचित्र निर्देशन गर्नेछन् ।

चलचित्रका लागि सुरुवातमै नायक विपिन कार्कीलाई फाइनल गरिएको थियो । महंगो रकम लिएर विपिनले चलचित्र साइन गरेका थिए । दिपकका अनुसार, विपिनले चलचित्र छाडेका छैनन् । विचमा विपिनको नयाँ चलचित्रको छायांकन र ‘फनफनी’को छायांकन एउटै सेड्यूलमा हुने भएकाले विपिनले नगर्ने चर्चा चलेको थियो । तर, नायक कार्कीले पनि चलचित्र नछाडेको बताए । उनी यो चलचित्र गर्ने मनस्थितीमा छन् । अझ, निर्देशकमा प्रदिप भट्टराई भएको खण्डमा उनका लागि खुशीको कुरा हुनेछ ।

दिपकका अनुसार, चलचित्रको छायांकन भदौबाट सुरु गर्ने योजना छ । यसका लागि अहिले तिव्र तयारी भैरहेको उनले सुनाए । चलचित्रका लागि नायक विपिन कार्की र ‘भद्रगोल’का कलाकार अर्जुन घिमिरे मात्र फाइनल भएका छन् । अन्य कलाकार कोही पनि फाइनल नभएको उनले सुनाए ।

चलचित्रलाई चैत्र २८ गते रिलिज गर्ने तयारी गरिहेको पनि चर्चा चलिरहेको थियो । दिपकका अनुसार, अहिले कुनै पनि मिति फाइनल गरिएको छैन । कमेडी र सामाजिक कथामा बन्न लागेको यो चलचित्रका लागि ३–४ जना नायिकासँग कुरा भैरहेको छ । एक जना नायिका चाडै फाइनल हुने आचार्यले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment