+
+

बालिका बलात्कारका अभियुक्त ७ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १८:४९

८ असार, वीरगञ्ज । बाराबाट प्रहरीले जर्बजस्ती करणी मुद्धामा ७ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडानंम्बर २२ का मानबहादुर थिङ पक्राउ परेका हुन् ।

थिङ वि.स. २०६९ मंसिर २९ गते साँझ स्थानीय ८ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेर फरार भएको दावी प्रहरीको छ ।

काठमाडौंमा लुकीछिपी बसेको सूचना पाएपछि बाराबाट गएको प्रहरी टोलीले यही असार ४ गते पक्राउ गरेको थियो ।

बारा जिल्ला अदालतको आदेशले थिंगलाई पूर्पक्षका लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?