
चलचित्र ‘धडक’पछि बलिउड नायिका जान्वी कपुर अहिले नयाँ चलचित्रको तयारीमा छिन् । उनले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘रुही आफ्जा’को छायांकन सुरु भएको छ । यो चलचित्रमा जान्वीले नायक राजकुमार रावसँग स्क्रिन शेयर गरिरहेकी छिन् । यो चलचित्रलाई हरर कमेडी कथामा निर्माण गरिदैछ ।
यसअघि हिट भएको ‘स्त्री’ चलचित्र पनि हरर कमेडी नै थियो । यसैविच, जान्वीको एक तस्वीर चलचित्रको सेटबाट लिक भएको छ । चलचित्रको तस्वीर लिक भएसँगै यसको चर्चा पनि सुरु भएको छ । लिक भएको लुक्समा जान्वी निकै नै सरल यूवतीको भूमिकामा देखिएकी छिन् । जान्वी बलिउडकी हट गर्ल हुन् । तर, यो चलचित्रमा उनको लुक्स निकै नै साधारण र सोझी यूवतीको देखिएको छ ।
यो चलचित्रको छायांकन उत्तराखण्डको रुड्की इलाकामा भैरहेको छ । कुर्ता सुरुवाल लगाएकी जान्वीको यो लुक्सलाई उनका फ्यानले मन पराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4