+
+

संघीय सरकारले प्रदेशलाई ‘सेरेमोनियल’ बनायो : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते १६:०३

१३ असार, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकाय प्रदेश सरकारको मातहतमा नआएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले संघ सरकारले प्रदेश सरकारलाई अहिले ‘सेरेमोनियल’ बनाएर राखेको आरोप लगाए ।

‘केन्द्र सरकारले क्लियर भ्यू दिन सकेको छैन, हामीलाई सेरेमोनियल बनाएर राखेको छ’ वीरगञ्जमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘संविधानमा स्पष्ट व्यवस्था छ, प्रदेश प्रहरी लगायत सबै सुरक्षा निकाय प्रदेश सरकारको मातहतमा आउनुपर्छ । उनीहरुको सरुवा, बढुवा र कारबाहीको अधिकार हुनुपर्छ ।’

अहिले वदमासी गरेको थाहा पाएर पनि मौन बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए । प्रदेश सरकारले ‘प्रदेश प्रहरी ऐन’ ल्याइसकेको र एक हजार प्रहरी भर्ना गर्ने तयारी रहेको भन्दै उनले संघीय प्रहरी ऐन छिटो आउनुपर्नेमा जोड दिएका छन् ।

उनले प्रदेशको ट्राफिक व्यवस्थापन चुस्त राख्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सडक सुरक्षासम्बन्धी कानुन संसदमा दर्ता गरिसकेको बताए । ‘विगतमा गृहमन्त्रालय र कानुन मन्त्रालयबीच समन्वयको अभावमा सडकमैत्री कानुन नबन्दा समस्या थियो । अहिले प्रदेशमा गृह र कानुन मन्त्रालय एउटै छ । कमी कमजोरी हुन दिँदैनौं’ उनले भने

ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरणका साथै सडक दुर्घटनापछि उद्दारका लागि आवश्यक पर्ने एम्बुलेन्स, गाडीको गति नाप्ने मेशिन प्रदान गर्नुको साथै राजमार्गमा सीसीटीभी जडान गर्ने नीति प्रदेश सरकारले लिएको बताए ।

वीरगञ्जका मेयर विजय सरावगीले ट्राफिक प्रहरी स्वयंको सुरक्षामा पनि ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?