+
+

अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु, ५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १२:३०

१९ असार, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क-७, सुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे ३ सय मिटर तल खोलामा खस्दा दुर्घटना भएको हो ।

घटनामा घाइते भएकाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

हालसम्म दुर्घटनाको कारण खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?