
२४ असार, जनकपुरधाम । प्रदेश २ अन्तर्गतका जिल्लाहरुमा हुने अपराध तथा अपराधिक गतिविधिको न्यूनिकरण गर्ने उद्देश्यले केनाइन शाखाको स्थापना गरिएको छ ।
जघन्य प्रकृतिका अपराध अनुसन्धान तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको कार्यक्रमस्थलको सुरक्षा लगायत अन्य प्रहरी कार्यमा सहजताको लागि उक्त केनाइन शाखाको स्थापना गरिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा केनाइन शाखाको स्थापना गरिएको छ । शाखामा हाल ४ वटा तालिम प्राप्त कुकुरहरुलाई राखिएको छ ।
यी कुकुरलाई प्रदेश अन्तर्गतका जिल्लाहरुमा घटित अपराधको अनुसन्धान, अपराधीको खोजी, विस्फोटक पदार्थ, लागूऔषधको पहिचान तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको कार्यक्रम स्थलको सुरक्षालगायतका कार्यमा प्रयोग गर्न सकिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4