+
+

वीरगञ्जमा विद्यालय तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते १५:०५

२५ असार, वीरगञ्ज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा अज्ञात समूहले डेस्क बेञ्च तोडफोड गरेको छ ।

कक्षा ५ र ६ अध्यापन हुने दोस्रो तलामा रहेको कक्षा कोठाको ३५ थान डेस्क बेञ्च तोडफोड भएको हो । फर्निचर तोडफोड गरेर केही थान माथिबाट तल खसाल्नुको साथै उनीहरुले तल्लो तलाको एउटा झ्यालको पल्ला समेत झिकिदिएका छन् ।

तोडफोडबाट झण्डै डेढ लाख मूल्य बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक विजय पोखरेलले जानकारी दिए । विद्यालयमा ३ सय ५० जना विद्यार्थी भर्ना भएका छन् । डेस्क बेञ्च तोडफोड भएका कारण बुधबार विद्यालयमा पठन–पाठन प्रभावित भएको छ ।

यसअघि पनि बिद्यालयबाट पानी तान्ने मोटर र पंखा चोरी भइसकेको प्रधानाध्यापक पोखरेलले बताए ।

घटनास्थलको वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखाको टोलीले पनि अवलोकन गरेको छ । महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयको फर्निचर तोडफोड गर्ने जस्तो निकृष्ट कार्य गर्नु एकदमै गलत भएको बताए ।

उनले मौसममा सुधार आएपछि विद्यालयका लागि १५ थान डेक्स बेञ्च प्रदान गरिने जानकारी दिए । ‘तत्काल विद्यालयले डेक्स बेञ्च बनाउन सक्दैन, त्यसैले महानगरपालिकाको शिक्षा महाशाखाले १५ थान दिन्छ ।’ उनले भने ‘नपुग पनि मर्ज भएका विद्यालयबाट व्यवस्थापन गर्ने कोशिश गर्नेछौं ।’

तोडफोडबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?