+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
155/6 (18.5)
Shares

नाटक लिएर जर्मनी पुगेका ४ कलाकार उतै फरार !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते ०:४६

२५ असार, पोखरा । नाटक लिएर जर्मनी पुगेको युथ क्रियसन टोलीका ४ कलाकार उतै फरार भएका छन् । फरार हुनेमा कलाकार शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल (अञ्जना) र मधुसूदन पौडेल छन् । शर्मा नाटकका लेखक केदार पाैडेलकाे पत्नी हुन् । उनी कलाकार नभए पनि नाटककै टाेलीमा मिलाएर लेखकले सँगै लगेका थिए ।

जर्मन सरकार अधिनस्थ प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने लोकसंगीत महोत्सवमा ‘घेरो’ नाटक गत बुधबार जर्मन उडेका थिए ।

१२ जना कलाकारसहित जर्मन उडेको टोलीको भिसावधि १ हप्ताको थियो । उनीहरुले महोत्सवमा जुलाई ५ र ६ गते २ दिन नाटक मञ्चन गरेका थिए । तर, अन्य टोली फर्किंदा भने ती ४ जनाबाट भागेको युथ क्रियसन थियटरले फेसबुकमार्फत पुष्टि गरेको छ ।

‘उनीहरु कार्यक्रम सकिएपछि विभिन्न बहानामा भागेका हुन्,’ थियटरका सचिव सौगात पोखरेलले फेसबुकमा भनेका छन्, ‘उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार छौं ।’ उनले जर्मनमै पनि ती ४ जना हराएको सूचना दिइसकेको दाबी गरेका छन् ।

फरार भएकामध्ये कलाकार मधुसूदन पौडेलले आफू पोर्चुगल पुगेको फेसबुकमार्फत नै जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म अहिले पोर्चुगलमा छु । मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन । आफ्नै राजी खुशीले आएको हुँ ।’

केदार पौडेलले लेखेको नाटकमा युवा रंगकर्मी तथा युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माको निर्देशन छ । नाटक गएको जेठ २४ गते काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?