+
+

धर्मेन्द्रले ट्वीटर त्याग्दै जब लेखे भावुक कुरा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २७ गते ९:००

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रले सन् २०१७ मा फिल्म ‘यमला पगला दिवाना-३’ को प्रदर्शनको क्रममा सामाजिक सञ्जाल ज्वाइन गरेका थिए । त्यो बेला उनको उमेर ८१ वर्षको थियो । अहिले आएर धर्मेन्द्रले सामाजिक सञ्जाललाई ‘बाइ-बाइ’ गर्ने घोषणा गरेका छन्, जसले उनका प्रसंशक तथा फलोअर्सहरुबीच सनसनी मच्चिएको छ । के अनुमान गरिएको छ भने धर्मेन्द्रले केही ट्रोलरहरुको भद्दा ट्रोलका कारण भारी मनले यो निर्णय गरेका हुन् ।

धर्मेन्द्रले ट्वीटर त्याग्ने घोषणा गर्दै लेखेका छन्-‘साथीहरु, म तपाईंहरु सबैलाई माया गर्छु । मलाई एउटा सानो नकारात्मक कमेन्टले पनि चोट पुग्छ । म एउटा भावुक व्यक्ति हुँ । त्यसैले अबदेखि म तपाईंहरुलाई दुःख दिन्न ।’

धर्मेन्द्रको यो भनाइबाट के अनुमान लगाउन सकिन्छ भने केही व्यक्तिहरुद्वारा गरिएका नकारात्मक कमेन्टहरुले उनलाई कति सम्म दुःखी बनाएको छ ।

धर्मेन्द्र वास्तवमै निकै भावुक व्यक्ति हुन्, जसको अनुमान प्रायः उनले सामाजिक सञ्जालमा गर्ने पोस्टहरुबाटै अनुमान लगाउन सकिन्छ । उनी स्वयंले पनि यो कुराका बारेमा उल्लेख गरेका छन् । उखान-टुक्का, मुक्तक तथा हाइकूका माध्यमबाट आफ्ना भावनाहरु व्यक्त गरिरहने धर्मेन्द्रले जब सामाजिक सञ्जाल ज्वाइन गरेका थिए, त्यो बेला उनलाई यो प्लेटफार्ममा माया बाहेक घिनलाग्दा कुराहरु पनि आउने छन् भन्ने सोचेकै थिएनन् होला । त्यसैले उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहे । आफ्नो तस्बिरहरु तथा स्टाटसहरुबाट आफ्ना प्रशंसकहरुलाई मायाको कोशेली दिइरहे । तर, ट्रोलरहरुले नकारँत्मकता फैलाउन रोकेनन् ।

लोकसभाको चुनावको क्रममा छोरा सनी देओल राजनीतिमा आएको विषयमा पनि धर्मेन्द्रको ट्रोल बनाइएको थियो । बीकानेरमा उनको कामलाई लिएर प्रश्नहरु सोधिएको थियो, जसको धर्मेन्द्रले सौहार्दपूर्ण जवाफ दिएका थिए ।

आज आएर धर्मेन्द्रले सामाजिक सञ्जाल त्याग्ने घोषणा गरे लगत्तै उनका प्रशंसकहरुले उनलाई त्यसो नगर्न तथा ट्वीटरमा रहिरहन आग्रह गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?