+
+

सौभाग्य क्लब तिलोत्तमा मेयरकपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २७ गते १८:०८

२७ असार, बुटवल । बुटवलको सौभाग्य युवा क्लब तिलोत्तमामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । तिलोत्तमा-१ चपरहट्टी खेल मैदानमा शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनलमा सौभाग्यले स्मृति स्पोर्ट्स क्लब तिलोत्तमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सौभाग्यको जितका लागि दीपेश आलेले ९औैं, विशाल ठकुरीले ५४औं र शरद क्षेत्रीले ६०औं मिनेटमा गोल गरेका थिए । स्मृति युवा क्लबका अरुण गाहाले खेलको सातौं मिनेटमा गोल गरेर अग्रता लिएपनि दोस्रो हाफमा रक्षात्मक खेल्न पुगेको थियो ।

खेलमा सौभाग्यका शरद क्षेत्री म्यान अफ द म्याच घोषित भएका आयोजक तिलोत्तमा फुटबल एकेडेमीका विकास गुरुङले जानकारी दिए । अब शनिबार हुने फाइनल खेलमा सौभाग्यले दुर्गा मन्दिर क्लब (डीएमसी)सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

१६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैयां नगद र मेडल प्राप्त गर्ने एकेडेमीका महासचिव युवराज पराजुलीले बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?