+
+

सिद्धार्थ राजमार्ग नखुल्दा सयौं अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते ९:१८
Photo Credit : कपिल ज्ञवाली

२९ असार, बुटवल । पहिरो खसेर शनिबार दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझैपनि खुल्न सकेको छैन ।

शनिबार दिउँसो ३ बजेदेखि अलपत्र परेका यात्रुमात्र हिँड्न मिल्ने बाटो बनाएर गन्तव्यमा पठाइए पनि यातायातका साधन चल्न सकेका छैनन् । सडकमै ठूला ढुंगा भएकाले पन्छाउन समस्या भएको छ । त्यसैले शनिबारदेखि नै सो क्षेत्रमा सयौं सवारी साधन अलपत्र छन् ।

राति दोभान, सिद्धबाबा क्षेत्रमा पानी परेकाले बाटो खुलाउन थप समस्या भएको दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरले बताए । ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फी यातायात सुरु गर्न पहल भइरहेको उनले बताए ।

शनिबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले मोटरसाइकसहित बगाउँदा निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?