
३० असार, भोजपुर । भोजपुर सदरमुकामस्थित सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
प्रदेश १ अन्तर्गतको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार १२ बजेतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।
षडानन्द नगरपालिका १३ स्थित छाँगे खोला सिञ्चाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको अख्तियारले बताएको छ ।
करिब ९८ लाख रुपैयाँ लागत अनुमान रहेको सो सिञ्चाई आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिशन दिए मात्र मूल्यांकन गरि बील पास गरिदिने बताउँदै आएका थिए ।
इन्जिनियर यादव कार्यालय नजिको फुपु भदैनी खाजा घर एण्ड लजमा घुससहित पक्राउ परेका हुन् ।
भोजपुर नगरपालिका १० भैंसीपंखा खुरिलास्थित सिञ्चाई आयोजनाको भुक्तानी तथा फरफराकमा इन्जिनियर यादवले आलटाल गरेपछि अख्तियारलाई गुहारेको सिञ्चाई आयोजनाका उपभोक्ता तथा नेपाली कांग्रेस भोजपुरका सचिव चक्रबहादुर कार्कीले बताए ।
प्रतिक्रिया 4