
३१ असार, काठमाडौं । आगामी भदौको अन्तिम साता ‘डोल्पो महोत्सव’ आयोजना हुने भएको छ ।
डोल्पो महोत्सव मूल आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौंको २४ गतेदेखि २८ गतेसम्म सो महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
डोल्पाको आर्थिक तथा सामाजिक क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सो महोत्सव आयोजना गर्न लागिएको समितिका संयोजक ग्याल्पो थापा भोटेले जानकारी दिए ।
डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र भागमा रहेको क्रिस्टल माउन्टेन विद्यालयको प्राङगनमा महोत्सव आयोजना हुनेछ ।
समितिले महोत्सवले ‘नेपाल भ्रमण वर्ष-२०२०’लाई सफल बनाउन पनि सहयोग पुर्याउने विश्वास लिएको छ ।
डोल्पाको पर्यटन प्रवर्द्धनमा पनि महोत्सवले उल्लेख्य योगदान पुर्याउने अपेक्षा पनि गरिएको संयोजक भोटेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4