+
+

मोटरसाइकल दुर्घटनामा हुँदा कैलालीमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते १२:५८

२ साउन, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१ सुख्खडस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भउको छ ।

से७प १३४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका-४ का २६ वर्षीय अशोक चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका चालक घोडाघोडी नगरपालिका-४ कै ३० वर्षीय प्रेम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?