Comments Add Comment

वीरगञ्ज नाकाबाट ६ खर्बको आयात, २५ अर्बको निर्यात

६ साउन, वीरगञ्ज । देशको प्रमुख भन्सार नाका वीरगञ्जबाट आर्थिक वर्ष ०७५/७६ मा ५ खर्ब ८३ अर्ब ७८ करोडको समान आयात भएको छ । निर्यात भने जम्मा २५ अर्ब १८ करोड रुपैयाँमात्र छ ।

निर्यातको मात्रा कम भए पनि अघिल्लो आर्थिक वर्षमा भन्दा सुधार भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत मनिषकुमार महतोले आर्थिक वर्ष ०७५/७६ मा आयातमा १२.९६ र निर्यातमा ७२.५८ प्रतिशतले वृद्धि भएको बताए । आर्थिक वर्ष ०७४/०७५ को भन्दा २०७५/७६ मा १० अर्ब ५९ करोडको निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क छ ।

‘पहिला भारतले अन्य मुलुकबाट तेल आयातमा प्रतिबन्ध लगाएको थियो, तर त्यसलाई खुल्ला गरेपछि कच्चा पाम आयाल, सूर्यमुखी र भटमासका कच्चा तेल ल्याएर शुद्धिकरण पछि निर्यात गर्ने क्रम बढेको छ । यसले निर्यात बढेको देखिन्छ’ उनले भने । तेलबाहेक नेपालबाट पेयपदार्थ, स्टिलका भाडावर्तन लगायतका समान निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा वीरगञ्ज भन्सार कार्र्यालयबाट ५ खर्ब १६ अर्ब ८२ करोड रुपैयाँको सामान आयात गरेको थियो भने १४ अर्ब ५९ करोडको समान निर्यात गरेको थियो ।

वीरगञ्ज भन्सार कार्यालय हुँदै मुख्य रुपमा पेट्रोलियम पदार्थ, पत्थर कोइला, सिमेन्ट क्लिङ्कर, तयारी कपडा, मदिरा जन्य पदार्थहरु, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेशिनरी तथा कच्चापदार्थ र नयाँ सवारी साधन आयात हुने गरेको छ त्यस्तै फिड सप्लिमेन्ट, छालाको जुत्ता, जुस जाम, खुदो, आल्मोनियम छड डण्डी, जमोठ कपडा, सीआरसीट, हाते झोला, फलामे पत्रु, टोपी तथा तामाका सामान निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment