+
+

विषादीबारे भारतको पत्र प्रधानमन्त्रीलाई समयमा नदिनु गल्ती भयो : कृषिमन्त्री खनाल

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते १३:५३

१९ साउन, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे प्रधानमन्त्रीलाई समयमा जानकारी नदिनु गल्ती भएको स्वीकार गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले विषादी परीक्षणबारे भारतले केही नभनेको भनी प्रतिक्रिया दिएको दुई दिनपछिमात्र प्रधानमन्त्रीको हातमा पत्र पुगेको बताए ।

‘हाम्रो कमजोरी के भयो भने सम्माननीय प्रधानमन्त्रीले २१ गते बोल्नुभयो । २३ गतेमात्र त्यो पत्र उहाँको हातमा पारियो । हाम्रो गल्ती त्यो भयो । यो मन्त्रालयको कमजोरी हो’ मन्त्री खनालले भने ।

गत असारमा भारत तथा तेस्रो मुलुकबाट आयात भएका तरकारी र फलफूल विषादी परीक्षण गरेरमात्र नेपाल भित्र्याउन दिने सरकारले नीति लिएको थियो । तर काठमाडौंस्थित भारतीय दूतावासले पत्र लेखी विषादी परीक्षण रोक्न माग गरेको थियो । तर प्रधानमन्त्रीले भने भारतबाट कुनै दबाब नआएको प्रतिक्रिया दिएका थिए ।

कृषिमन्त्री खनालका अनुसार प्रधानमन्त्रीले यसबारे प्रतिक्रिया दिँदासम्म उनलाई मन्त्रालयको तर्फबाट विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासको पत्रबारे जानकारी नै दिइएको थिएन । आइतबार समिति बैठकमा सांसदहरुले यसबारे प्रश्न सोधेपछि उनले कमजोरी भएको स्वीकार गरेका हुन् ।

मन्त्री खनालले दूतावासको पत्रमा गलत कुरा नभएको जिकिर गरे । ‘दूताबासले पठाएको पत्रमा त्यस्तो गलत कुरा केही लेखेको छैन । जुन सहमति गरेका थियौं त्यो अनुसार तपाईंहरुले दिनुपर्छ भनेर उहाँहरुले लेख्नुभएको छ’ उनले भने ‘त्यो प्रश्न गर्न पाउने हो, त्यसपछि हामीले फाइटो भएर रोकिराखेका हौं भन्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?