+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दोश्रोपटक दोहामा गुञ्जिदै नेपथ्य

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १६:५७

२० साउन, काठमाडाैं । लोकरक ब्याण्ड नेपथ्य दोस्रोपटक कतारको राजधानी दोहामा प्रस्तुत हुने भएको छ । इश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अल अदा’को सार्वजनिक विदाको समयमा नेपाली समुदायमाझ साँगीतिक कोशेली लिएर नेपथ्य दोहा जान लागेको हो ।

नेपथ्यले अगस्ट १२ (साउन २७) सोमबार बेलुकी ७ बजेदेखि दोहास्थित ‘एशियन टाउन एम्पीथिएटर’मा आफुलाई प्रस्तुत गर्नेछ । यसभन्दा पहिले सन् २०१४ को सेप्टेम्बर १९ तारिखका दिन ब्याण्डले आफूलाई पहिलोपटक दोहामा प्रस्तुति दिएको थियो ।

केही वर्ष पहिले  नेपथ्य कतारमा आउने भनेर विभिन्न थरिका ‘आयोजक’हरुले हल्ला चलाएर टिकटसमेत बेचेर त्यहाँस्थित नेपाली समुदायलाई झुक्याएका थिए । नेपथ्य भने केही समयपछि मात्रै दोहामा उपस्थित भएको थियो । तर, दर्शकहरूले नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई पहिलेजस्तै झुक्याइएको हुनसक्ने ठानेर नगएको बताएका थिए ।

तर, यसपटक भने बन्दोबस्तका साथ नेपथ्य दोहामा उत्रिदै छ ।  ‘त्यतिबेलै मैले नेपथ्य फेरि बलियो बन्दोबस्तका साथ त्यस भूमिमा आउनुपर्ने अठोट गरेको थिएँ,’ गायक अमृत सम्झन्छन्, ‘यसपाला फेरि हामीलाई त्यहाँस्थित ब्याण्डका प्रशंसक नेपाली दाजुभाइसँग भेटघाटको अवसर जुराइदिएकामा आयोजकलाई धन्यवाद दिन चाहन्छु ।’

परदेशमा गएर श्रम गरिरहेका नेपाली दाजुभाइहरुलाई देशको माया बोकेर जान पाउँदा असाध्यै हर्ष लागो गुरूङले बताएका छन् । गायक अमृत भन्छन्, ‘सँधै जस्तै नेपथ्यले नेपाली माटोबाटै उब्जिएको लोकभाकाहरुमा आधारित आफ्ना सिर्जनाहरु मार्फत ती दाजुभाइहरुलाई मनोरञ्जन गराउने छौं ।’

कतारमा कन्सर्टको आयोजना ‘लेभल एफ एन एडभटाईजिङ एण्ड इभेन्ट’का तर्फबाट लक्ष्मणप्रसाद चौलागाईले गरेका हुन् । आयोजकले त्यस दिनका निम्ति टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन् ।

‘श्रोता दर्शकहरुको अपार माया पाएको कतारमा प्रस्तुतिका निम्ति सँधैजस्तै यसपाला हामीले गीतहरुसमेत विशेष तवरबाट छनौट गरेका छौं,’  अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतिलाई अविस्मरणीय बनाउन तत्पर छौं ।’

सँधैजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा,गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?