+
+

निःशुल्क उपचार भन्ने नेशनल मेडिकल कलेजले प्रदेश सरकारसँग लियो साढे ३१ लाख

श्रवण देव श्रवण देव
२०७६ साउन २२ गते १७:३८

२२ साउन, जनकपुरधाम । बारा पर्साका हावाहुरी प्रभावितको निःशुल्क उपचारको प्रचार गरेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले सरकारसँग उपचार खर्च लिएको छ ।

बुधबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गरी नेशनल मेडिकल कलेज र अर्को एक अस्पताललाई हावाहुरीका घाइते भएकाहरुको उपचार गर्दाको रकम प्रदान गरे । कलेजले दुई सय ३३ जनाको उपचार गरेको बिल मुख्यमन्त्री कार्यालयमा पठाएको थियो ।

त्यसअनुसार नेशनल मेडिकल कलेजलाई ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँको चेक प्रदान गरिएको छ ।

वीरगञ्ज हेल्थ केयरका संचालकलाई पनि १३ लाख ६३ हजार ५६ को चेक प्रदान गरिएको छ । अस्पतालमा ५५ जना घाइतेको उपचार गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले घाइतेहरुको उपचारमा लागेको खर्चको बिल पठाएपछि उनीहरुलाई चेकमार्फत भुक्तानी गरिएको बताए । उनले भने, ‘उहाँहरुले बिल ल्याएर दिएपछि निकासा गरेका हौं, अरु उहाँहरुसँग सोध्नुस् ।’

निःशुल्क उपचार भनेर सरकारसँग किन पैसा लिएको भन्ने प्रश्नमा नेशनल मेडिकल कलेजका प्रतिनिधि अबिद हुसेन अन्सारीले यसबारे थाहा नभएको बताए ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?