
२५ साउन, तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4