+
+

जनैपूर्णिमाको दिन पाँचपोखरी थाङपाल गाउँपालिकामा सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १८:११

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले यही साउन ३० गते रक्षा बन्धन र जनैपूणिर्मा परेकोले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सोही पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको अध्यक्ष टासी लामाले बताए ।

सोही दिन पाचँपोखरी तेस्रो हाफ म्याराथन प्रतियोगितासमेत आयोजना हुने भएकाले पनि गाउँपालिकाभरी सार्वजनिक विदा दिने निर्णय गरिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?