९ भदौ, काठमाडौं । नेपालले मैत्रिपूर्ण खेलमा मलेसियन क्लब जोहोर दारुल तामिजसँग हार व्यहारेको छ ।
आइतबार साँझ मलेसियामा भएको खेलमा जोहर दारुलले १-० गोल अन्तरको जित निकालेको हो । विश्वकप २०२२ छनोटको तयारीमा रहेको नेपालले खेलमा तेस्रो मिनेटमा नै गोल खाएको थियो । तर नेपालले गोल फर्काउन सकेन ।
नियमित कप्तान विराट महर्जन र उपकप्तान किरण चेम्जोङ र भरत खवास टिममा नभएका कारण मिडफिल्डर सुजल श्रेष्ठले नेपालको कप्तानी गरेका थिए ।