+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पत्रकार बन्न परीक्षा पास गर्नुपर्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते २:४१

१६ भदौ, काठमाडौं । जो व्यक्ति पनि पत्रकार बनेर हिँड्न पाउने कि नपाउने ? पत्रकार बन्नका लागि कुनै योग्यता र मापदण्ड चाहिदैन ? यो प्रश्न समाजमा उठिरहेका बेला कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् ।

आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुको परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ । पत्रकारिता व्यवसायी परीक्षा भनिने यस्तो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेछ ।

काउन्सिलले वर्षमा दुई पटक पत्रकारिता पेशामा प्रवेश गर्नका लागि परीक्षा सञ्चालन गर्ने र त्यसका लागि पाठ्यक्रम पनि काउन्सिललेनै तयार गर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।

संशोधन प्रस्तावमा भनिएको छ ‘काउन्सिलले पत्रकारिता व्यवसायी परीक्षाको पाठ्यक्रम,स्तर र प्रणाली निर्धारण गर्नेछ । यससम्बन्धी पत्रकारिताको विषयको अध्ययन अध्यापन शैक्षिक संस्थाहरुको आवश्यक सहयोग काउन्सिलले लिनेछ ।’

पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने संशोधनमा उल्लेख गरिएको छ । पत्रकारको रुपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधी भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ । त्यसपछि उनीहरुले पत्रकारिता व्यवसायी परीक्षा उतीर्ण हुनुपर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?