+
+

एटीएमबाट एक दिनमा ६० हजारमात्रै झिक्न मिल्ने, एक पटकमा २० हजार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते १८:५३

१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट निकाल्न सकिने नगद रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र बैंकले एटीएमबाट रकम झिक्न कडाइ गरेको हो ।

राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक दिनमा ६० हजार रुपैयाँमात्रै झिक्न पाउने व्यवस्था गरिएको बताए । यसअघि एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो ।

यसैगरी एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न पाइनेमा अब २० हजार रुपैयाँमात्रै झिक्न पाइने कार्यकारी निर्देशक मिश्रले बताए । यो व्यवस्था कार्यान्वयनका लागि बिहीबार नै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा परिपत्र गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?