+
+

तरुण दलमा भाँडभैलो, अध्यक्षले महासचिवलाई थमाए पदबाट हटाएको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २८ गते १८:३३

२८ भदौ, काठमाडौं । आन्तरिक विवादमा फसेको नेपाल तरुण दलमा अध्यक्षले महासचिवलाई पदमुक्त गरेको पत्र दिएका छन् । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएका हुन् ।

अनुशासनहीन काम गरेकाले शाहीलाई कारबाही गरिएको अध्यक्ष बस्नेतले बताएका छन् ।

यसअघि अध्यक्ष र महासचिवले एकअर्काको निर्णय अवैध भएको भन्दै परिपत्र गरेका थिए ।

अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निटक हुन् भने महासचिव शाही रामचन्द्र पौडेल समूहका हुन् ।

तीन वर्षअघि पोखरामा भएको अधिवेशनमा भागबण्डाबाट चार पदाधिकारी चयन गरिएपनि ९५ सदस्यीय केन्द्रीय समिति बन्न सकेको छैन । कार्यकाल सकिन्नै लाग्दा भने एकअर्कालाई निषेध गर्ने राजनीति सुरू गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?