
२९ भदौ, काठमाडौं । टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स र ज्योति बिकाश बैंकबीच कर्जा सम्झौता भएको छ । अब टाटा हिटाची खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकाश बैंकको देशैभरिको जुनसुकै शाखामार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनिका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति बिकाश बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरे । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।
सिप्रदी अर्थमुभर्सले बिगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५०० भन्दा धेरै एक्जाभेटर, ब्याकहोलोडर र व्हिललोडर बिक्रीबितरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4