+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मन्त्रीलाई सत्तारुढ सांसदको प्रश्न – टेकु जानु भएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १४:२२

१ असोज, काठमाडौं । डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दाबीमा सत्तारुढ सांसदले नै प्रश्न उठाएका छन् ।

बुधबार संसदमा विशेष समय लिएर बोल्दै मन्त्री यादवले डेंगु नियन्त्रणमा आइरहेको र स्वास्थ्य आपतकाल घोषणा गर्नु नपर्ने बताएका थिए । तर विपक्षी मात्र होइन, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदले मन्त्रीले झुट बोलेको बताए ।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले डेंगुले महामारीको रुप दिँदा पनि मन्त्री र राज्यमन्त्री कानमा तेल हालेर बसेको आरोप लगाए । संसदमा गम्भीर प्रश्न उठेपछि सभामुखले रुलिङ गरेपछि मात्र मन्त्रीको चेत खुलेको भन्दै उनले भने, ‘यो भन्दा गैरजिम्मेवर अरु के हुन्छ ?’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अपस्तालमा विरामीको भीड रहेको भन्दै उनले मन्त्री र राज्यमन्त्रीलाई प्रश्न गरे, ‘कहिल्यै टेकु अस्पताल जानु भएको छ ?’

सांसद नविना लामाले पनि डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्रालय गैर जिम्मेवार भएको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?