+
+

सिन्धुलीमा बस दुर्घटना: २३ जना घाइते  

रासस रासस
२०७६ असोज १ गते १७:०२

१ असोज, सिन्धुली । सिन्धुलीमा बुधबार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।

काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

दुर्घटना हुँदा बसमा सवार २३ जनाको हाल खुर्कोटस्थित शुभजिबन, सुनकोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । केहीलाई थप उपचारका लागि धुलिखेल पठाइएको उनले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?