Comments Add Comment

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा सम्पन्न

२८ असोज, काठमाडौं । कुमारी बैंकले ललितपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसारको अभिप्रायका साथ १९ किमिको वार्मअप वाकाथन गरिएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुरमा कार्यक्रम गरिएको हो ।

कुमारी बैंक मुख्य-प्रायोजक रहेको पदयात्राको उद्देश्य भूकम्पले क्षतबिक्षत् भएको भीमसेन मन्दिर पुनर्निर्माण कोष संकलन थियो । ‘हाम्रो सम्पदा, हामी आफै बनाऔं’ भन्ने महान् अभिलाषा सहित स्थापना कालदेखि नै सम्पदा संरक्षण र सम्बर्द्धनमा सदा सदैव अग्रणी भूमिका खेल्दै आएकोे छ ।

ललितपुर उद्योग वाणिज्य संघले पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण दरबार स्क्वायर अवस्थित व्यवसायीहरुको आराध्यदेबको रुपमा पुजिँदै आएको भिमसेन मन्दिरको पुनर्निर्माणमा नेतृत्वदायी भूमिका बहन गर्दै मन्दिरको पुनर्निर्माणको कार्यको थालनी गरेको छ ।

असोज४ गते पाटन दरबारस्क्वायर क्षेत्रबाट शुरु भई ग्वार्काे, इमाडोल, सानागाँउ, लुभू, हरिसिद्धि, धापाखेल, सुनाकोठि, बुंगमति हुदै उक्त पदयात्रा ललितपुरको खोकनामा पुगेर सम्पन्न भयो ।

पदयात्राको उद्देश्य स्थानिय तबरबाट भिजिट नेपाल २०२० लाई सफल पार्न आवश्यक पूर्वाधारहरुको पहिचान गर्दै सोको प्रवर्द्धन र प्रचार प्रसार गर्नु रहेको थियो ।
जोश, उमंग तथा हर्षोल्लासका साथ सम्पन्न सो पदयात्रामा सहभागीबाट लगभग नेपाली रूपैयाँ बाह्र लाख भीमसेन मन्दिर पुनर्निर्माण कोषमा संकलन भएको ललितपुर वाणिज्य महासंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment