+
+

दशैंका यात्रु ओसार्न निगमका दुई चार्टर्ड विमान जापान जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १७:४५

७ असोज, काठमाडौं । दशैंमा स्वदेश फर्किने नेपालीहरुलाई लक्षित गर्दै नेपाल वायू सेवा निगमले जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । उडानको तयारी पूरा भएको निगमले जानकारी दिएको छ ।

सुमेघ टूर्स एण्ड ट्राभल प्रालिले नारितामा दुईवटा उडान गर्ने गरी निगमको जहाज चार्टर्ड गरेको हो । ‘हामीले चार्टर्ड उडानमा लाग्ने रकम लिएर जहाज उडाउँछौं,’ निगमका सहप्रवक्ता सुलेख मिश्रले भने, ‘टिकेटिङको जिम्मा भने चार्टर्ड गर्ने कम्पनीको हुन्छ ।’

निगमका अनुसार पहिलो उडान २६ सेप्टेम्बर (९ असोज, बिहीबार) काठमाडौंबाट हुनेछ । उक्त जहाज २७ सेप्टेम्बर (१० असोज, शुक्रबार) काठमाडौं फर्कने छ । दोस्रो उडान २ अक्टोवर (१५ असोज) मा काठमाडौंबाट उडेर ३ अक्टोवर (१६ असोज) मा काठमाडौं फर्कने तालिका छ । काठमाडौं–नारिता चार्टर्ड उडानको कूल समय १४ घण्टा ३० मिनेट तय गरिएको छ ।

नारिता विमानस्थलमा निगमले आगामी डिसेम्बरपछि नियमित उडान गर्ने तयारी गरेको छ । अहिले निगमले जापानको ओशाकामा साताको दुई उडान गरिरहेको छ । जापानमा बस्ने नेपाली र नेपाल आउने पर्यटकलाई लक्षित गरी जापान उडान थालेको भए पनि निगमले उल्लेख्य यात्रु पाउन भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?