+
+

पशुपति मित्र माविका प्रअसहित ३ जनाविरुद्ध भ्रष्टचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १८:२०

९ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिल काठमाडौंका प्रधानाध्यापकसहित ३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

विद्यालयका प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरत बिक्रम बिसी र लेखापाल बद्रीप्रसाद पराजुलीले विद्यालयमा निर्माण भएको क्यान्टिनको रकम निकासाको क्रममा सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको प्रमाणित भएपछि मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

विद्यालयमा निर्माण गरिएको क्यान्टिनको रकम निकासा गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको उजुरीपछि उनीहरुलाई पक्राउ गरी आयोगले अनुसन्धान अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?