Comments Add Comment

विद्यार्थीबाट आएका नेता ‘स्कलर’ देखिएनन्

‘हामीले हरेक दिन युवाको भविश्य बर्बाद गरिराखेका छौं’

विश्वविद्यालयमा हुने दलीय भागवण्डा र यसको प्रभाव के हो भन्ने विषयको भुक्तभोगी अहिलेका युवा विद्यार्थी हुन् । विश्वविद्यालको कक्षा कस्तो छ ? कलेज ‘कलेज’ भन्न लायकको छ कि छैन ? यसबाट सुरु गर्नुपर्छ बहस ।

दक्षिण एशियामा हेरौं । एक हजार विश्व विद्यालयभित्र चीनको सिन्ह्वा विश्वविद्यालय पर्छ, जुन अहिले २३ नम्बरमा छ । तपाई त्यो विश्वविद्यालयको गेटबाट छिर्नेवित्तिकै अर्कै किसिमको अनुभूति हुन्छ । तर, हाम्रोमा के छ ? हामी क्याम्पसभित्र शैक्षिक समस्या छ भन्छौं, तर, यो शैक्षिक समस्या हुँदै होइन । त्यहाँ ठेक्कापट्टाको समस्या छ । माफियाको समस्या छ । अपराधको समस्या छ । हामीले कहाँ पुर्‍यायौं विश्वविद्यालयलाई ?

म के ध्यानाकर्षण गराउन खोज्दैछु भने विश्व विद्यालयमा हुने राजनीतिकरण र पदाधिकारीमा हुने भागवण्डाको विषयलाई एउटा कर्मकाण्डी बहसको विषय मात्रै नबनाऔं ।

हामीले हरेक दिन युवाको भविश्य बर्बाद गरिराखेका छौं । युवाहरुलाई यो देशमा हामी कसरी मारिरहेका छौं ? यसमा हामी नागरिक समाज मूकदर्शक भएर किन बसिराखेका छौं ? त्यसकारण विश्वविद्यालयलाई सुधार्ने जिम्मा युवा विद्यार्थीहरुको हो । विद्यार्थीहरु नै अभियन्ता हुन् र पीडित पनि ।

बिडम्बना के भयो भने, पार्टी सत्तामा हुँदा चुप लागेर बस्छौं । बाहिर हुँदा कराउँछौं । रामकुमारी झाँक्रीजीको पार्टीको संगठनले विश्वविद्यालयमा राजनीतिक भागवण्डा भयो भनेर कार्यक्रम गर्दैन

हामीले बहस गर्नुपर्ने विषय हो– विश्वविद्यालयको भूमिका के हो ? मेरो अनुभवमा देशलाई मार्ग निर्देश गर्ने, राष्ट्र निर्माणमा बिभिन्न कोणबाट, विभिन्न सीपको माध्यमबाट राष्ट्रलाई समृद्ध र सबल बनाउने ठाउँ हो विश्वविद्यालय । राजनीतिक आन्दोलन हुन्छ, संघर्ष हुन्छ । प्राज्ञिक हुन्छन्, डाक्टर हुन्छन्, वकिल हुन्छन् । लेखक हुन्छन्, साहित्यकार हुन्छन् । यो सबैलाई, विद्धतालाई, सिपलाई नेतृत्व गर्ने काम विश्वविद्यालयले गर्नुपर्छ ।

विश्वविद्यालयको काम डिग्री बाँड्ने मात्रै हो र ? यो त सबैभन्दा तल्लो स्तरको काम हो । सर्टिफिकट लिनुहुन्छ, लोकसेवा आयोग जानुहुन्छ, जागिर खानुहुन्छ । यो सबैभन्दा तल्लो लियरको काम हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले, रेक्टरको पनि सामान्य विश्व विद्यालय चलाउनेजस्तो मात्रै हुँदैन । समाज, राष्ट्रलाई जतिखेर अलमलमा पर्छ, त्योबेला मार्गनिर्देश गर्ने हो । एकजना प्रोफेसरले बोल्दा प्रधानमन्त्री डराउनु पर्छ । त्यो आधार चाहिन्छ । विश्वविद्यालयको काम यो हो ।

युवा पुस्तालाई हामीले बुझ्दै नबुझिकन राजनीतिमा लगाएका छौं । विद्यार्थी राजनीति भन्छौं । मलाई माफ गर्नुहोला, अलि आलोचनात्मक हुन चाहन्छु– मैले बिद्यार्थी राजनीति गरेर गएका नेताहरुमा स्कलर देखेकै छैन ।

प्राध्यापकहरु पनि राजनीति गर्छन् । म पनि प्राध्यापक हुँ । प्राध्यापक भएर राजनीति गर्न सक्थेँ । तर, त्यो नैतिकता होइन । चुनावी मैदानमा आउनुपर्छ । म त चुनावी मैदानमा आएको छु ।

बिडम्बना के भयो भने, पार्टी सत्तामा हुँदा चुप लागेर बस्छौं । बाहिर हुँदा कराउँछौं । रामकुमारी झाँक्रीजीको पार्टीको संगठनले विश्वविद्यालयमा राजनीतिक भागवण्डा भयो भनेर कार्यक्रम गर्दैन । कारण– भागवण्डामा उहाँहरुलाई बढ्ता पर्छ ।

यो पनि पढ्नुहोस ‘हामी एसएलसी टपर हैनौं, स्कलरले दुनियाँ बदल्दैनन्’

त्यसकारण राजनीति गर्नेहरु स्कलर हुनुस् । विश्वविद्यालयको सर्टिफिकेट मात्रै लिने काम नगर्नुस् । विद्यार्थीहरुले राष्ट्रको भविश्य कस्तो हुन्छ भनेर तय गर्ने हो । विश्वविद्यालयका कक्षा कोठाहरुले त्यो आत्मविश्वास दिलाउनुपर्छ । अध्ययन/अनुसन्धानले त्यो आत्मविश्वास दिलाउनुपर्छ । यो भएको छ त ? छैन ।

सरकारले टपक्क टिपेर छनोट गर्‍यो भन्दैमा त्यो बौद्धिक हुँदैन । प्रधानमन्त्रीले जागिरे छान्न सक्नुहुन्छ, तर कसैलाई प्राज्ञिक बनाउन सक्नुहुन्न ।

अहिले मिडियाको बहस हेरौं । सामाजिक सञ्जालको बहस हेरौं । चिया दोकानको बहस हेरौं । हामीले एउटा सभ्य समाजमा हुने नागरिक संवादको अवस्था सिर्जना गर्न सकेका छौ त ? छैनौं । आलोचनात्मक चेतले हेर्न सकिन्छ । त्यो ठीक छ । तर, एकदमै आग्रही छ । पूर्वाग्रही किन हुन्छौं ? हामी कसैको विचार छैन । कसले के भन्यो ? आफ्नो मान्छेले जे भने जे भन्दा पनि ताली बजाउँछौं । अर्कोको मान्छेले भन्यो भने पूर्वाग्रही हुन्छौं । यस्तो किन भयो ? किन त भन्दा हाम्रा विश्व विद्यालयहरुले बौद्धिकता कोरल्न सकेन ।

राजनीतिज्ञ, प्रशासन अलमलमा हुँदा, नागरिक समाज अलमलमा हुँदा त्यसलाई बाटो देखाउने प्राध्यापकहरु हुन् । चक डस्टर बोकेर विद्यार्थीलाई नोट घोटाउने काम मात्रै प्राध्यापकहरुको होइन । तर, हामीले प्राध्यापकलाई झोले बनाइदियौं । पार्टीको कार्यक्रता बनाइदियौं । कन्सलट्यान्ट बनाइदियौं । जब हामीले शिक्षालाई राजनीतिकरण गर्‍याैं त्यसपछि त्यो बौद्धिकतामा हुनुपर्ने विश्वास गुमायौं ।

यो पनि पढ्नुहोस सत्ताका कारिन्दा उत्पादन गर्ने शिक्षा

अब के गर्ने हो ? भन्दा समकक्षीको सम्मान गर्न सिकाउनुपर्छ विद्यार्थीलाई । फरक विचार भयो भन्दैमा आग्रही र पूर्वाग्रही हुने होइन ।

तर, विश्व विद्यालयमा भएको भद्या राजनीतिकरणले समाजलाई नै विद्धताको परिभाषा के हो ? भन्ने प्रश्न उठाएको छ । सरकारले टपक्क टिपेर छनोट गर्‍याे भन्दैमा त्यो बौद्धिक हुँदैन । प्रधानमन्त्रीले जागिरे छान्न सक्नुहुन्छ, तर   कसैलाई प्राज्ञिक बनाउन सक्नुहुन्न, ।

विद्यार्थीहरुमा पनि सुधारको खाँचो छ । सभ्य संस्कृति सिकाउनुपर्छ । हाम्रो पार्टीको त होइन, तर गज्जब पढाउनुभयो भनेर विद्यार्थीले भन्ने संस्कृतिलाई अन्त्य गर्नुपर्छ । विद्यार्थीले राजनीति गर्नै हुँदैन भन्ने पनि होइन ।

मेरो आग्रह छ– पहिला राजनीति बुझ्नुस्, जान्नुस् । नबुझिकन राजनीति गर्नुभयो भने, तपाई कसैको हतियार हुनुहुन्छ । भविश्य बर्बाद हुन्छ । तपााईको सँगसँगै राष्ट्रको पनि भविश्य बर्बाद हुन्छ ।

(पूर्वाधारविद् एवं साझा पार्टीका प्रवक्ता आचार्यले राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा व्यक्त मन्तव्यमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment