+
+

माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवककाे मृत्यु

रासस रासस
२०७६ असोज २४ गते १८:११

२४ असोज, काठमाडौं । धादिङकाे गल्छी गाउँपालिका–७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।

लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ७२८४ नम्बरको माइक्रोले सोही दिशातर्फ जाँदै गरेको बा४९प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नुवाकोट जिल्ला विदुर नगरपालिका–१२ भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको हो ।

माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । दुर्घटनामा सोही गाउँका २३ वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । घाइते भट्टको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ‘ओभरटेक’ गर्ने क्रममा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?