+
+

बलिउडमा प्रियंकाको कमजोर कमब्याक

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १४:४४

केही बर्ष हलिउड चलचित्र खेल्नमा नै खर्चिएकी बलिउड नायिका प्रियंका चोपडा अहिले पुन बलिउडमा फर्किएकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘दि स्काई इज पिंक’ शुक्रबारदेखि हलमा लागिरहेको छ । तर, चलचित्रको व्यापार अपेक्षित छैन ।

फरहान अख्तर, प्रियंका चोपडा अभिनित यो चलचित्रले २ दिनमा करिब साढे ६ करोडको कमाई गरेको छ । शुक्रबार २.५० करोडको ओपनिङ गरेको चलचित्रले शनिबार ४ करोडको व्यापार गरेको छ ।

प्रियंकाको पछिल्लो चलचित्र ‘गंगाजल’ सन् २०१६ मा रिलिज भएको थियो । यो चलचित्र बक्स अफिसमा असफल भएको थियो । तर, करिब ३ बर्षपछि बलिउड चलचित्रमा फर्कदा पनि दर्शकले प्रियंकालाई पर्दामा हेर्ने मन गरेका छैनन् ।

चलचित्रले समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । वर्ड अफ माउथका कारण चलचित्रको व्यापार बढ्ने अपेक्षा गरिएको छ । बक्स अफिसमा चलचित्र ‘वार’ दोश्रो हप्तामा पनि चम्किएको छ । दोश्रो हप्ताको शुक्रबार ७ करोड कमाई गर्दै ‘वार’ले १० दिनमा २४५ करोडको कमाई गरेको छ । चलचित्रले ३ सय करोडको आँकडा छुने अपेक्षा बलिउड पण्डितहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?