
Photo Credit : शंकर गिरी
२६ असोज, काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा भएको आगलागी करिब ३ घन्टापछि नियन्त्रणमा आएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘विद्युत् सर्ट भएका कारण आगो लागेको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।’
आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो । जेनेरेटसम्म झिल्को पुगेपछि भीषण आगलागी भएको थियो ।
आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ ।
फायरफाइटर घाइते
आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन् । उनको परिचय खुलेको छैन ।
हाल उनलाई उपचारका लागि वीर हस्पिटलको ट्रमा सेन्टर पुर्याइएको छ । उनको अवस्था सामान्य रहेको डीएसपी बोगटीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4