Comments Add Comment

सम्बन्ध सुमधुर राख्न ‘हुन्न’ भन्न पनि सिक्नुपर्छ

सम्बन्ध नजिकिँदै जाँदा कहिलेकाहीँ फाइदा मात्रै होइन । समस्या पनि हुनसक्छ । आफ्नो नजिकको मानिसले कहिलेकाहीँ यस्तो प्रस्ताव गर्छन् । जुन पूरा गर्न पनि सकिँदैन र त्यसलाई सीधै नकार्दा पनि उसको दिल दुख्छ कि भन्ने दोधारमा हामी पर्छौं ।

तर, एक अध्ययनका अनुसार आफ्नो नजिकको मानिससँग सधैं सबै कुरामा ‘हुन्छ’ मात्रै भन्नु पनि सम्बन्धको लागि घातक हुनसक्छ । हुँदैनभन्दा पनि प्रक्रिया नपुर्‍याई भनेमा त्यसैले आफ्नो निकटस्थको मन नदुख्न सक्छ । त्यसैले कुनैपनि प्रस्ताव नकार्न पनि एउटा कला सिक्नुपर्ने हुन्छ ।

तपाईँले नकारेको कुनैपनि प्रस्तावले तपाईंका निकटस्थले नराम्रो नै सोच्छन् भन्ने हुँदैन । कैयौं पटक हामी अरुको मन नदुखोस् भनेर राजी भइदिन्छौं । जुन हाम्रैलागि घातक हुन्छ । ‘हुन्न’ भन्न नसकेकै कारण हामी आफैंले ठूलो नोक्सानी ब्यहोर्नु परिरहेको हुन्छ । त्यसैले कुनैपनि कुरालाई सधैं ‘हुन्छ’ मात्रै होइन । ‘हुँदैन’ पनि भन्न सिक्नुपर्छ । कुनैपनि व्यक्तिले गरेको प्रस्तावलाई नकार्ने कला तल प्रस्तुत गरिएको छ ।

आमन्त्रणप्रति खुशी जनाउनुहोस्

तपाईं भलै त्यो आमन्त्रणमा उपस्थित हुन सक्नुहुन्न भन्ने निश्चित छ । तर पनि त्यो कुरा देखाउन भुल्नुहुन्न कि त्यो आमन्त्रणप्रति तपाईं एकदमै खुशी हुनुहुन्छ । यो प्रस्तुत गर्दा प्रस्तुतीमा पनि खुशी भाव झल्किनुपर्छ । त्यसको लागि यस्तो भन्न सकिन्छ ‘यहाँको आमन्त्रणमा आउनको लागि एकदमै मन थियो । तर, के गरुँ । समय मिलाउन सकिरहेको छैन । अघिल्लो पटक बरु सँगै बसेर यसको लागि योजना तय गरौंला ।’ त्यसको साथमा कुनै वैकल्पिक योजना पनि प्रस्तुत गर्न सकिन्छ ।

आफ्नो व्यवहारमा ल्याऔं शालीनता

कैयौं पटक हामीहरुको व्यवहार हाम्रो प्रमाणपत्र पनि बन्ने गर्दछ । त्यसैले आफ्नो व्यवहारमा हामीले शालीनता सिर्जना गर्नैपर्छ । जस्तो कि कसैको प्रस्तावमा हामीले दुई शब्दमा ‘हुँदैन, म यस्तो केही गर्न सक्दिन’ भन्यौं भने पक्कै पनि त्यस्तो प्रस्ताव गर्ने व्यक्तिलाई नराम्रो अनुभूति हुन्छ ।

त्यसैमा सोही कुरा गर्दा हामीले शालीनता अपनायौं भने त्यसले प्रस्ताव गर्नेलाई पनि नराम्रो लाग्दैन । त्यसैले शालीनताको लागि हामीले आफ्नो बोलचालको भाषालाई सुधार्नुपर्छ । जस्तो तपाईंको कुनै साथीले पार्टीको लागि आमन्त्रण गर्‍यो भने त्यो प्रस्तावको उत्तरमा भन्न सकिन्छ कि ‘माफ गर्नुहोला, तपाईंसँग पार्टीमा सहभागी हुने मन हुँदाहुँदै पनि के गरुँ कामको कारणले म आउन नपाउने भएँ ।’ यसका बाबजुद पनि तपाईंलाई यस्तो प्रस्ताव गर्नेहरु रिसाउँछन् भने यसमा तपाईंले गर्नसक्ने केही पनि छैन ।

बच्चालाई सिकाउँदै जाऔं यस्तै संस्कार

हामी समाजको एक हिस्सा हौं । हाम्रो समाजमा जो कसैलाई पनि हुँदैन भनेर नकार्दा त्यसको मतलब उसको दिल दुखाएको अनुभव हुन्छ । यस्तो अवस्थामा हाम्रो नजरमा त्यो मानिस स्वार्थी, असंवेदनशील र बेइमान व्यक्ति भएको अनुभूति हुन्छ ।

सबैको प्रस्ताव यो व्यस्त समयमा हामीले स्वीकार्न पनि सक्दैनौं । त्यसैले हामी आफ्ना सन्तानहरुलाई सानैदेखि कुनै कुरा नकार्नुलाई पनि सामान्य मान्न सक्ने तरिका सिकाउँदै जानुपर्छ । यस्तो इन्कार गर्दा पनि अरुको मन नदुख्ने गरी व्यवहार गर्न पनि बच्चाहरुलाई सिकाउनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment