२८ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार जिल्ला अदालत काठमाडौंमा लगिएको छ । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा महरा बिरामी परेपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । दशैं विदा र त्यसपछि पनि विभिन्न विदाका कारण अदालत नखुलेका कारण प्रहरीले महरालाई अदालतमा पेश गर्न सकेको थिएन ।
मंगलबार अदालत खुलेपछि महरालाई उपस्थित गराइएको हो । नर्भिक अस्पतालबाट सेतो रङको टिसर्ट र हल्का निलो रङको पाइन्ट लगाएर महरा अदालततर्फ आएका थिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4