
२९ असोज, काठमाडौं । एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई बुधबार क्रिकेटर पारस खड्काले भेट गरेका छन् ।
मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर क्रिकेटर पारस खड्का नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाल, क्रिकेट खेलाडी सोमपाल कामी, अविनाश बोहरा मुस्कानलाई भेट्न पुगेका थिए ।
मुस्कानलाई भेटेर फर्किएपछि क्रिकेटर पारस खड्काले मुस्कान आफूहरु सबैका लागि अनुकरणीय भएको बताए । उनले मुस्कानको मुहारमा सधैं हासो देख्न चाहेको उल्लेख गर्दै एसिड आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
‘यस्ता जघन्य अपराधमा संलनलाई सरकारले कडा कारबाही गर्नुपर्छ, हामी सबै मुस्कानको साथमा छौं’ पारसले फेसबुकमा लेखेका छन् ।
मुस्कानको उपचारमा सहयोग जुटाउँदै आएका समाजसेवी उज्वलविक्रम थापाले क्रिकेटरहरुलाई मुस्कानसमक्ष पुर्याएका थिए । उनले मुस्कानको पीडा भुलाउन विभिन्न सेलिब्रेटीहरुसँग मुस्कानको भेट गराएका छन् ।
यसअघि मंगलबार मुस्कानलाई भेट्न अभिनेता राजेश हमाल पुगेका थिए ।
प्रतिक्रिया 4