+
+

६ हजार घुससहित मालपोतका दुई खरिदार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १८:०७

२९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले ६ हजार घुस सहित मालपोत कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्रा र दुर्गाप्रसाद चौधरीलाई घुससहित पक्राउ गरेको हो । मोही जग्गा नामसरी गरिदिने भन्दै सेवाग्रहीसंग घुस लिएका उनीहरु भुमिसुधार कार्यालयमा रंगेहात फेला परेका थिए ।

दुबैजना अख्तियारको बुटवल कार्यालयको हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?